हिजो तोलाको १ लाख ९ हजार रुपैयाँ रहेको सुनको मूल्य आज तोलामा १ लाख ८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतवारदेखि सुनको मूल्य घटिरहेको छ। अस्ति सुन तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।हिजो तोलामा दुई सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
चाँदी आज तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।