२०६८ सालको जनगणनामा भने ५.२६ प्रतिशत परिवार आफ्नै घरमा र १२.१ प्रतिशत भाडामा बस्ने तथ्यांक थियो ।
हालको गणनाअनुसार ०.६ प्रतिशत परिवारहरू संस्थागत एकाइमा अर्थात् तिनीहरू कुनै संस्थाले प्रयोग गर्न दिइएको आवासीय एकाइमा र ०.७ प्रतिशत परिवार अन्य प्रकारको स्वामित्वको एकाइमा बसोबास गरेको देखिन्छ ।प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा सबैभन्दा बढी ९६.६ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेको देखिन्छ भने बागमती प्रदेशमा सबैभन्दा कम ६९.२ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेको देखिन्छ । भाडामा बसोबास गर्ने परिवारको संख्या बागमती २९.६ प्रतिशत छ भने मधेश प्रदेशमा २.३ प्रतिशत रहेको छ ।