काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ। सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मंगलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा मंगलबार अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको हाे।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ। सत्तागठबन्धन आबद्ध दलहरू सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ।

मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन।

77
Shares
१३ चैत्र २०७९, सोमबार १५:३७