इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । इटहरी रंगशालामा आज सम्पन्न फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइजलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले दोश्रो पटक उपाधि जितेको हो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछी खेलको निणर्य पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा चर्च ब्वाइजका मनोज राईको प्रहार बाहिरिएपछी सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो ।

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसंगै नगद १० लाख र उपबिजेता चर्च ब्वाइजले ५ लाख हात पारेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हँदै नगद १ लाख प्राप्त गरेका छन् ।

4.11k
Shares
११ चैत्र २०७९, शनिबार २०:१७