विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ ।
विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ ।
विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा सञ्चालित प्रतियोगिताको सातौं संस्करणको तेस्रो क्वाटरफाइनल खेल एपीएफ र पहिलो पटक प्रतियोगितामा भाग लिएको भुटानबीचको खेल हुनेछ ।छैठौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफले जितेको थियो । भारतको पन्जाब पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको थियो ।