विराटनगर । राष्ट्रिय जनसाहित्यिक संघ नेपाल कोसी प्रदेशको आयोजनामा इटहरीमा कविता वाचन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा वरिष्ठ साहित्यकार कुन्ता शर्माको सहभागिता थियो ।

जनता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पूर्वका विभिन्न स्थानका सर्जकहरुले कविता वाचन गरेका थिए ।

कविता केशरीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले नजिकिँदै गरेको नयाँ वर्षका अवसरका शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा सहभागीहरुले आफ्ना रचना पनि पाठ गरेका थिए ।

कार्यक्रमका सहभागीहरमा कुन्ता शर्मा, प्रह्लाद पहरेदार, रेखा सुवेदी, गीता खत्री न्यौपाने, ओमविक्रम ओझा, नगिन्द्रबहादुर कटुवाल, अविकेश सिग्देल, लक्ष्मीप्रसाद पराजुली, श्रीप्रसाद पोखरेल थिए ।

यसैगरी, कृष्णप्रसाद नेपाल, जगदीश सापकोटा, विष्णु भण्डारी, अम्बिका खरेल उप्रेती, प्रा. डा. बद्रीविशाल पोखरेल, ऋषिराज लुंसाली, मुक्ति पोखरेल, वसन्त लम्साल, लीलानाथ सिलवाल, धनप्रसाद खतिवडा, दामोदर पौड्याल, कविप्रसाद गुरागाईंको पनि सहभागिता थियो ।

यस्तै विपेन्द्र ओझा, जेबी थुलुङ, गायत्री लम्साल, हरिप्रसाद भट्टराई, गजेश भण्डारी, मानबहादुर चौहान, सीता दाहाल गौतम, अर्जुन भण्डारी, राधा आचार्य, दिनेश रसाइली, विद्या घिमिरे, सुश्मिता नेपाल, टीका मिलन, बालिका पौडेल, प्रमोद, मण्डल, सरोज लिम्बुलगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।

154
Shares
११ चैत्र २०७९, शनिबार १४:२८