प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सचिवालयले बिहीबार राजधानीमा आयोजना गरेको ‘जलवायु परिवर्तनः प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरु’ सम्वन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै यस क्षेत्रका विज्ञहरुले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै देउवाले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्वोधन गर्नुपर्ने मुद्दा भएको बताउँदै तत्काल अन्तराष्ट्रिय समुदाय समक्ष उठाउनु पर्ने बताइन् ।उनले जलवायु परिवर्तनमा नेपालको विधिहरु वातावरणमैत्रीनै भएपनि अझै धेरै काम भने गर्न बाँकी रहेको बताईन । ‘हामी जलविद्युतमा उदाहरणीय छौ‘, ‘जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्ने छ । यसका लागि राजनीतिक दल, संचार माध्याम लगायत सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ।‘
डा. देउवाले हामीले खानपिन, यातयात र विकासको मोडल लगायतका क्षेत्रमा तत्काल सुधार गरर वातावरणमैत्री बनाउन पहल गर्नुपर्ने बताइन् ।‘वातावरण र वन मन्त्रालय मात्रै होईन, सबै मन्त्रालयले वातावरणमैत्री नीति अवलम्वन गर्नुपर्छ‘, ‘तपाईहरु सबै सांसदज्यूहरुलाई म अनुरोध गर्न चाहान्छु, स्थानीय र प्रदेश सरकारले जलवायु परिवर्तनका क्षेत्रमा के काम गरिरहेको छ ? त्यसमा हामीले वाचडकको काम गरौँ ।‘
वातावरणविद् डा. माधव कार्कीले जलवायु परिवर्तनको पछिल्लो विश्व रिर्पाटले धेरै सचेत हुनुपर्ने सन्देश दिएको बताएका थिए । ‘पेरिस सम्झौताले अनुमान गरेकोभन्दा धेरै छिटो विश्वको तापक्रम बढेको छ । यसले धेरै ठूलो असर गर्न सक्ने अनुमान बैज्ञानिकहरुले गरेका छन्,’ वातावरणविद् डा. माधव कार्कीले भने, ‘हिमालयको परिवर्तन बढ्दै गएको छ, यसले हाम्रा हिम नदिहरु सुक्दै जाने र जलविद्युत परियोजनामा पनि असर पुग्न सक्छ ।‘