राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गरेर सत्ता गठबन्धनमा सामेल भएको रास्वपाले गठबन्धन गरेर उम्मेदवारी दिन सक्ने चर्चा भइरहेका बेला शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा एकल उम्मेदवारी उठाउने निर्णय गरेको हो ।
प्रवक्ता मुकुल ढकालले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा पार्टीले अन्य दलसँग गठबन्धन नगरी उम्मेदवारी दिने निर्णय गरेको बताए । आगामी वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।‘हामीले उपनिर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेका छौँ । तर तीनवटै क्षेत्रमा हाम्रो उम्मेदवारी हुन्छ,’ ढकालले इकान्तिपुरसँग भने, ‘उपनिर्वाचनका लागि दल दर्ता गर्ने र उम्मेदवार छनौटका लागि प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ ।’