आफ्नै घरमा खाना पकाउने ग्यास पड्किएर गम्भीर घाइते बनेका भण्डारी गत फागुन ४ गतेदेखि उपचाररत छन् । भण्डारीले अब अरूको सहयोगमा केही समय हिँडडुल गर्न तथा कुर्सीमा बस्न सुरु गरेको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए ।
उनी राम्रोसँग बल्न थालेका छन् भने स्मरण शक्ति पनि ठिक अवस्थामा रहेको बताइएको छ ।सङ्क्रमण रोकथामका लागि भण्डारीलाई भेट्न अन्य व्यक्तिलाई रोक लगाइएको अस्पताल प्रशासनले जनाएको छ ।