काठमाडौँ । एप्पलले आइफोनको मूल्य घटाएको छ। कम्पनीले आइफोन- १४ प्रो र आइफोन- १४ प्रो म्याक्सको मूल्य घटाएको हो।

विश्व बजारमा निकै महङ्गो एवम् लोकप्रिय ब्राण्ड बनेको एप्पले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन- १४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ यसको मूल्य यसअघि १ लाख ९४ हजार ९९० थियो भने २५६ जिबी क्षमताको आइफोन- १४ प्रोको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ पुगेको छ यसको मूल्य यसअघि दुई लाख १४ हजार ९९० रहेको थियो।

त्यस्तै, १२८ जिबी क्षमताको आइफोन- १४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ छ यसअघि यसको मूल्य २ लाख १४ हजार ९९० थियो भने २५६ जिबी क्षमता भएको आइफोन- १४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७९० रुपैयाँ तोकिएको छ यसको यसअघिको मूल्य २ लाख ३४ हजार ९९० रहेको थियो। नेपाली बजारमा यस मूल्य बिक्रेता अनुसार २-४ हजार तलमाथि भएको पाइन्छ।
161
Shares
९ चैत्र २०७९, बिहीबार १०:३३