भारत घरेलु मैदानमा कुनैपनि फर्म्याटमा २६ सिरिजपछि दुई देशबिचको सिरिज पहिलो पटक गुमाउन पुगेको हो।
यसअघि भारतले २४ सिरिजमा जित निकालेको थियो भने अन्य दुई सिरिज बराबरी खेलेको थियो।फेब्रुअरी २०१९ मा अस्ट्रेलियाले १ टी-२० र ५ एकदिवसीय सिरिज ३-२ ले जितेको थियो। त्यसपछिका ७ एकदिवसीय र ६ टेस्ट सिरिज भारतले जितेको थियो।
भारतले यो बिचमा १३ टी-२० सिरिजमा ११ मा जित निकाल्दा २ खेल बराबरी खेलेको थियो। यस हिसाबमा भारतले तीनै फर्म्याट मिलाएर घरेलु मैदानमा कुल २६ सिरिज पछि पहिलो श्रृंखला गुमाएको हो।