काठमाडाैँ ।नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेलमा बुधबार लाओसको सामना गर्दैछ।

२०१६ मा नेपालले दुई पटक लाओससँग प्रतिस्पर्धा गरेको थियो।

पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २०१६ मे १६ मा भिडेको नेपाल दोस्रो पटक १२ नोभेम्बर मा एएफसी सोलिडारिटी कपमा लाओससँग भिडेको थियो। यी दुई टिमबीचको यो तेस्रो भेट हो।

नेपालले गत डिसेम्बरमा पाकिस्तानविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो। जुन खेलमा नेपालले १-० को जित निकालेको थियो। साफको तयारीमा रहेको नेपाल जारी थ्री नेसन्स कपमा आफ्नो रवाफिलो उपस्थितको प्रयासमा हुने छ।

तीन महिनापछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु मैदानमा बलियो बन्ने प्रयासमा रहेको छ। तर लाओसले एएफएफ च्याम्पियनसिप खेल्ने टोली भएकाले सुधारिएको प्रदर्शनको अपेक्षामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु