विराटनगर । महेन्द्र मोरङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का जसवन्त पोडेल निर्वाचित भएका छन् ।

चैत ५ गते भएको मतदानको अन्तिम गणनाको परिणामअनुसार पौडेल सभापतिमा विजयी बनेका हुन् ।

पौडेलले १६८९ मत प्राप्त गरे भने क्रान्तिकारीका यादवले ७८४ मत प्राप्त गरे ।

सभापतिका अर्का उम्मेदवार नेकपा एमाले निकट अनेरास्ववियुका नवीन पहाडीले ५९२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सचिवमा अनेरास्ववियुका सनिम ठकुरी, र कोषाध्यक्षमा नेविसंघकै स्वस्तिक बोहरा विजय भएका छन् ।

ठकुरी ९३७ मत ल्याएर सचिवमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेविसंघकी पुजा विश्वासले ७८६ मत ल्याएकी छन् । अखिल क्रान्तिकारीका आशिका लम्सालले ५१५ मत प्राप्त गरिन् ।

सदस्यहरुमा नेविसंघका अमित मुखिया, दिपकुमार यादव, प्रज्वल विष्ट, मो.साहिल अन्सारी, सुरक्षा थापा मगर तथा अनेरास्ववियु एमालेका मन्दिप पोखरेल र केबल काफ्ले विजयी भएका छन् ।

189
Shares
७ चैत्र २०७९, मंगलवार १३:३३