मोरङको दोस्रो ठुलो क्याम्पस सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका सन्तोष लिम्बू पुनः निर्वाचित भएका छन् ।

लिम्बूले १ हजार ३ सय ८२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा एमाले निकटको अनेरास्वियुका मनोज कार्कीले ६५७ मत पाएका छन् ।

यसअघि २०७३ सालमा भएको निर्वाचनमा पनि लिम्बू नै विजयी भएका थिए । उक्त क्याम्पसमा हिंजो मतदान भएको थियो । स्ववियु सचिवमा भने एमाले निकट अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् ।

ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका निराजन धमलाले एक हजार ६ मत मात्रै ल्याएका छन् ।

119
Shares
७ चैत्र २०७९, मंगलवार १२:१६