विराटनगर । विराटनगरको रानीमा प्रदेश सरकारले निर्माण गर्ने भनेको प्रवेशद्वार निर्माणको काम अगाडि बढ्ने भएको छ ।

आयोजनाको टेण्डर भएर निर्माण सम्पन्न गर्ने अबधि सकिएपछि बल्ल प्रवेशद्वार शिलान्यास हुने भएको हो ।

स्वागत द्वार र आकाशेपुल निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७९ असार १४ गते काम सकिनुपर्नेमा भन्सारले निर्माणमा अबरोध गरेपछि काम हुन सकेको थिए ।

निर्माणस्थलबारे भन्सारसँग सहमति भएपछि अब काम सुरु हुने निश्चित भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन चापागाईंले जानकारी दिए ।

आयोजनको प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार शिलान्यास गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

स्वागतद्वारा तथा आकाशे पुल ७ करोड ७६ लाख ४८ हजार लागत अनुमान गरिएकोमा ६ करोड २५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको छ ।

सहरी विकास तथा भवन कार्यालयले ठेकेदारलाई १ करोड ३० लाख मोबिलाइजेशन बापतको रकमसमेत भुक्तानी दिइसकेको अवस्थामा काम भने अगाडि बढ्न सकेको थिएन ।

469
Shares
७ चैत्र २०७९, मंगलवार १०:१९