मधुवन नगरपालिका–५ का ५५ वर्षीया समुन्द्री बुढाथोकी र ५० वर्षीया धनसरा गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो।
सोमबार दिउँसो स्थानीय चिरौती सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई बाघले आक्रमण गरेको बर्दिया निकुन्जका वार्डेन अशोक भण्डारीले जानकारी दिए।शव पोष्टमाटमका लागि बर्दिया अस्पताल ल्याइएको छ।