प्रतिनिधिसभाको सोमबारको बैठकमा दोस्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले स्थायित्वको बाचा गरेका दुई दल नै अस्थिरतातर्फ अग्रसर बनेको टिप्पणी गरे ।
‘म सरकार बाहिर रहेका पार्टीहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील थिएँ । तर राष्ट्रसामू स्थिरताको प्रतिबद्धता जनाएका दुई दल नै अस्थिरतातर्फ अग्रसर हुनु चिन्ताको विषय हो’ दाहालले भने ।राजनीतिक स्थिरताको संकल्पसहित एमाले, राप्रपासँगको गठबन्धनमा सरकार गठन गरिएको तर आफूले राष्ट्रिय सहमतिको राष्ट्रपति चयनका लागि प्रस्ताव गर्दा एमाले र राप्रपाका मन्त्रीहरुले अचानक राजीनामा दिएको दाहालको भनाइ छ ।