स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका क्रममा राजविराजमा विद्यार्थीहरूबीच ढुंगामुढा भएको छ ।

विद्यार्थी संगठनबीच झडप भएपछि महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको मतदान नै रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिन व्यापक रुपमा प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने क्रममा उक्त क्याम्पस हाता बाहिर मतदान रोक्नुपर्ने र हुनुपर्ने समूहबीच भएको नाराबाजीले झडपको रूप लिएको हो ।

नाराबाजी र झडपका बेला प्रहरी र विद्यार्थीहरूबीच पटक-पटक घम्साघम्सी समेत भएको छ ।

 
147
Shares
५ चैत्र २०७९, आईतवार १५:०४