विराटनगर । विराटनगरमा शनिबार ‘अनमोल रत्न’ नामक कृति विमोचन गरिएको छ । अम्बिका खरेल उप्रेतीद्वारा सम्पादित उक्त कृतिमा १२ जना स्रष्टाका मुक्तक समेटिएको छ ।
विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी तीन दिने नेपाल–भारत साहित्य महोत्सवका अवसरमा कृति विमोचन गरिएको हो ।
कृतिको प्रकाशन विराट साहित्य सङ्गम विराटनगरले गरेको हो ।नेपालका विभिन्न स्थानका मुक्तककारहरुको सिर्जना उक्त कृतिमा समेटिएको सम्पादक उप्रेतीले बताइन् ।