शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो।
बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधानअनुसार संसदीय दलको उपनेतामा तामाङलाई मनोनयन गरेको बताए।यस्तै, सरकारले कृषि मलमा अनुदान कटौती गरेको विरोधमा बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।