काठमाडौँ । लाञ्छना पुष्टि गर्न सभामुख देवराज घिमिरेलाई पत्रकारले चुनाती दिएका छन्।

सभामुख घिमिरेले शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्‘ भनेर अभिव्यक्ति दिएका थिए।

सो अभिव्यक्तिको पुष्टि गरेर देखाउन पत्रकारले चुनौती दिएका हुन्।

पत्रकार महासंघ, प्रेस युनियन, संसदीय मामिला पत्रकार समाजले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी सभामुखले पत्रकारलाई लगाएको आरोप पुष्टि गर्न भनेका हुन्।

पत्रकार महासंघ प्रतिष्ठान, प्रदेश समितिले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा ‘पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर सभामुखले आफ्नो पदीय कद घटाउनु मात्रै भएको छैन, जसलाई जे भने पनि हुन्छ भन्ने भाष्य निर्माणमा सघाउ पुर्‍याएकाे छ।’

सभामुखको अभिव्यक्ति अशोभनीय,अपरिपक्व र गैरजिम्मेवार भएको महासंघको ठहर छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु