विराटनगर ।  विराटनगर भन्सार कार्यालयले यो वर्ष लक्ष्यमा ५८ प्रतिशत पनि उठाउन नसक्ने भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

उक्त वर्ष लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत अर्थात् २९ अर्ब ३१ लाख ३५ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।

त्यस्तै कोभिडले संकटग्रस्त बनाएको आर्थिक वर्ष २०७७/०७८ मा भने राजस्व लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत असुली भयो । उक्त आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा कम लक्ष्य राखिएको थियो ।

उक्त आर्थिक वर्षमा ४६ अर्ब १४ करोड ९८ लाख ८९ हजार रुपैयाँ लक्ष्य राखिएको भएपनि राजस्व भने ४० अर्ब ८१ करोड ९० लाख १३ हजार असुली भएको थियो ।

उक्त लक्ष्यलाई पुनः बढाउँदै आर्थिक वर्ष २०७८/०७९ मा राजस्व असुलीको लक्ष्य ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ राखियो । असुली भने त्यसको ८१ दशमलव ४१ प्रतिशत अर्थात् अघिल्लो आर्थिक वर्ष भन्दा झण्डै ३९ करोड कम ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार मात्रै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु