विराटनगर । ३ वर्षअघि हत्या आरोप लागेका ७ जनाविरुद्ध मोरङ जिल्ला अदालतले २ वर्ष कारागार सजाय आदेश गरेको छ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार जिल्ला न्यायाधीश दीनबन्धु बरालको एकल इजलासले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपीमध्ये ७ जनाविरुद्ध कारागार सजाय भएको हो।

यादवको हत्या आरोपमा अभियुक्त १० जनाविरुद्ध किटानी जाहेरी रहेको छ। कारागार सजायमा तीन जना तत्कालीन वडाध्यक्षसमेत छन्।
०७६ साल जेठमा यादवविरुद्ध भएको कुटपिटको घटनामा विराटनगर–१४ का तत्कालीन वडाध्यक्ष बलदेव यादव, विराटनगर–१८ का तत्कालीन वडाध्यक्ष सञ्जय साह, जहदा गाउँपालिका–१ का तत्कालीन वडाध्यक्ष प्रदीप यादवसँगै दीपेश यादव, भोला यादव, विरेश यादव, विन्देश्वर यादवलाई २ वर्षको कारागार सजाय भएको अदालतका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए।

घटनाका आरोपित दिनेशकुमार यादव, रविनकुमार यादव, र शम्भुप्रसाद यादव फरार रहेको हँुदा मुद्दा मुलतवीमा रहेको उनले जानकारी दिए।
जिल्ला न्यायाधीश बरालको इजलासले यादव हत्या प्रकरणको दोषीलाई कारागारसहित जनही २० हजार रुपैयाँ जरिवाना गरेको छ।

70
Shares
४ चैत्र २०७९, शनिबार ०७:३८