काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसदका ३११ र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन्।

उपराष्ट्रपति निर्वाचनमा संघका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने व्यवस्था छ।

निर्वाचनमा राप्रपाका १४ र नेमकिपाका एक जना संघीय सांसदले मतदान गरेनन्।

राप्रपा र नेमकिपाले निर्वाचनमा भाग नलिने निर्णय गरेका थिए।

यस्तै, कांग्रे‍स सांसद चन्द्र भण्डारी र माओवादी केन्द्रका सांसद वर्षमान पुन बिरामी भएका कारण निर्वाचनमा अनुपस्थित रहे।

कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित रहेको र एमालेका ल‍क्ष्मी महतो कोइरी फरार सूचीमा रहेकोले अनुपस्थित रहे।

70
Shares
३ चैत्र २०७९, शुक्रबार १५:५३