विराटनगर । विराटनगरस्थित बालकल्याण विद्या मन्दिर (बीकेभीएम) ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रबार विद्यालय परिषरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान गरेका थिए ।

गतवर्षबाट कक्षा ११ र १२ को सुरुआत गरेको बिद्यालयको दोस्रो ब्याज अन्र्तगत १५ जना विद्यार्थीले चिकित्सा क्षेत्रदेखि इन्जिनियरिङसम्म पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका हुन् ।

यसक्रममा चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा परफेन यादव, आदित्य शर्मा, आयाम कट्टेल, रोहन पार्साइला, मनिष गुप्ता, प्रजिल थापा, रुपेन कामत, र आयुष गौतम छन् ।

यसमा यादवले पहिलो स्थानमा नाम निकालेका हुन् । त्यसैगरी, शर्मा दोस्रो, कट्टेल तेस्रो, पर्साइला चौथो, गुप्ता पाँचौ, थापा छैठो, कामत सातौ र गौतम आठौं स्थानमा छन् ।

त्यसैगरी, विडिएसतर्फ तोषल विक्रम शाह, इन्जिनियरिङमा उत्सव राज श्रेष्ठ, अभिनव कर्ण, युनेश पोखरेल, सार्थक पोख्रेल, पंकजकुमार मेहता, प्रचितकुमार भुजेल छन् ।

गत वर्षबाट ११ र १२ कक्षा सुरु गरेको विद्यालयले पहिलो ब्याचमा एमबीबीएसमा ३ जना, र इन्जिनियरिङतर्फ ७ जनाले छात्रवृत्तिमा नाम निकालेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु