विराटनगर । लामो समयदेखि मुलुकको अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको मन्दीले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको भन्दै उद्योग संगठन मोरङले यसलाई समाधान गर्न माग गरेको छ ।

बजारमा व्याप्त आर्थिक शिथिलताका कारण बजार मागमा कमि आएको, वांकी वक्यौता उठ्न कठिनाई भएको तथा उद्योगी व्यवसायीलाई वित्तिय व्यवस्थापनमा कठिनाई भई उद्योगी व्यवसायीहरुलाई आफ्ना कलकारखाना बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामाल्याई पुर्याएको छ ।

समग्र अर्थतन्त्रका सूचकांकहरु लगातार ऋणात्मक भइरहदा एवं नीजि क्षेत्रले उद्योग व्यवसाय क्षेत्रमा गरेको ठुलो लगानी जोखिम उन्मुख भईरहदा समेत सरकारको ध्यान अर्थतन्त्रको व्यवस्थापनमा भन्दा पनि वढी राजनीतिक बिषयमा मात्रै केन्द्रित हुनु दुःखद भएको संगठनको भनाइ छ ।

उपयुक्त विधि, नीति तथा प्रकृयाबाट अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन अहोरात्र काम गर्नुपर्ने यस क्षेत्रसंग प्रत्यक्षसरोकार राख्ने अर्थ तथा उद्योग मन्त्रालय नै नेतृत्व विहिन अवस्थामा राखिनुले उद्योगी व्यवसायीका समस्या एवं समग्र अर्थतन्त्रको समस्या प्रति सरकार संवेदनशिल नभएको प्रष्ट हुने जनाइएको छ ।

विगतको सक्रमणकालिन अवस्था पश्चात भएको राजनीतिक व्यवस्थापनसंगै देशको आर्थिक एवं औद्योगिक विकासका सन्दर्भमा साझा आर्थिक एजेण्डा तय भई अर्थतन्त्रले गतिलिने उद्योगी व्यवसायी र आमसर्वसाधारणको चाहनाको सम्वोधनमा नेतृत्व वर्गले सदैव नजरअन्दाज गरिदा सबैलाई चिन्तित वनाएको संगठनले उल्लेख गरेको छ ।

राजनैतिक प्रकृतीका समस्याहरुको समाधानमा रातोरात बैठक छलफल गरि सहमती जुटाउने र निकास निकाल्ने उच्च राजनैतिक नेतृत्वले अर्थतन्त्रका विद्यमान चुनौतीहरुलाई सम्बोधन गर्न समेत यहि प्रकृतिको तत्परताका साथ सामाधन खोज्न अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु