काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलाअन्तर्गत बिहीबार भइरहेको खेलमा यूएईबाट नेपालले ३११ रनको विशाल लक्ष्य पाएको छ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो।

युएईका आशिफ खानले १ सय १ रन बनाए। उनले ४० बलमै शतक पूरा गरेका हुन्।

एसोसिएट क्रिकेटमा आज आशिफले सबैभन्दा छिटो शतक हान्ने रेकर्ड पनि बनाएका छन्। यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए।

बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए।
70
Shares
२ चैत्र २०७९, बिहीबार १३:५०