विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन् ।

थापा नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् भने उपनेता कार्की सभापति शेरबहादुर देउवा पक्षका हुन् । कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् ।

उनी राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । उनी उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १९२० बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु