चैत ८ गते हुने भनिएको निर्वाचन अधिकांश क्याम्पसमा निर्धारित मितिमै हुने भए पनि ठाकुरराम बहुमुखी क्याम्पसमा हालका लागि स्थगित गरी अब जेठ १३ गते गर्ने राजनीतिक दल र क्याम्पस प्रशासनबीच सहमति भएको छ ।
मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी संगठनले पटक-पटक विवाद गर्दै क्याम्पसमा आगजनी र तालाबन्दी गरेपछि स्ववियु निर्वाचन स्थगित गरी मिति सार्नुपरेको निर्वाचन समितिले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार बिहान दोस्रोपटक बसेको सर्वपक्षीय बैठकमा विद्यार्थी संगठनहरुको विवादका कारण चैत ८ गते स्ववियु निर्वाचन गर्न सक्ने अवस्था नदेखिएको र चैत १२ देखि विभिन्न संकायको परीक्षा सुरु हुने भएका कारण अब जेठ १३ गते निर्वाचन गर्ने सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सचिव तबरेज आलमले जानकारी दिएका छन् ।
बैठकमा सहभागी नेपाली कांग्रेसका जिल्ला सहसचिव नवीन सिंहले पनि चैत ८ मा निर्वाचन हुन सक्ने परिस्थिति नभएका कारण जेठ १३ मा गर्ने सहमति गरिएको जनाएका छन् ।