काठमाडाैँ ।  विश्वकप क्रिकेट लिग(२ अन्तर्गत बुधबार भएको खेलमा युएईले पिएनजीलाई लगातार चार हारपछि पहिलो पटक पराजित गरेको छ। ६ विकेटको जित हासिल गर्ने क्रममा युएईले ६८ बल अगाडि नै लक्ष्य भेट्टाएको थियो।

टियू मैदान कीर्तिपुरमा भएको खेलमा पिएनजीले दिएको २३५ रनको लक्ष्य युएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे।

युएईको जितमा कप्तान मुहम्मद वासीमले ११९ रनको शानदार शतकीय इनिङ खेले। उनी युएईका लागि सर्वाधिक चाँडो शतक प्रहार गर्ने खेलाडी समेत बने। उनले ६० बलमा शतक प्रहार गरेका थिए।

उनी बाहेक भृत्या अर्विन्दले ३३ रन बनाउँदा आयान अफजाल खानले २७ रन बनाए। त्यस्तै सीपी रिजवानले २९ रनब नाएका थिए।

98
Shares
१ चैत्र २०७९, बुधबार १६:५९