मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरूले अबदेखि अति आवश्यकबाहेक भ्रमण गर्न नपाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा श्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएकी हुन्।मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण स्वीकृत पनि गरेको छ।