एन्फाले बुधबार कटुवाललाई राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
अब प्रवेशले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रुपमा काम गर्ने छन् ।प्रवेश मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक समेत रहेका छन् ।
गत कात्तिकमा घरेलु मैदानमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवाल टिमको मुख्य प्रशिक्षक रहेका थिए।यस्तै एन्फाले विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमले यसै महिना प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ ।
प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ ।