विराटनगर।  स्ववियु निर्वाचनमा  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा  तीन ठूला विद्यार्थी संगठनले  प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले छुट्टा छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने भएका हुन् ।

कांग्रेसनिकटको नेविसंघले सभापतिमा जसवन्त पौडेललाई उम्मेदवार बनाएको  छ ।  सचिवमा पूजा विश्वाससहितको प्यानल नै बनाएर  उम्मेदवारी दर्ता गरेको छ  ।

एमालेनिकट अनेरास्ववियुले सभापतिमा नवीन पहाडीलाई उम्मेदवार बनाएको छ ।  सचिवमा सनिम ठकुरीसहित प्यानल बनाएको छ ।

अखिल क्रान्तिकारीले सभापतिको उम्मेदवार रोहित यादव र सचिवको उम्मेदवार आशिका लम्साललाई बनाएको छ । क्रान्तिकारीले पनि छुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएको हो ।

निर्वाचन अधिकृत सुशील अधिकारीका अनुसार जनमत पार्टीनिकट विद्यार्थी संगठनबाट सभापतिमा आनन्द साह र सचिवमा सरोज साहुसहितको उम्मेदवारी  परेको छ ।

स्नातकोत्तर क्याम्पस विराटनगरमा भने एमालेविरुद्ध कांग्रेस, माओवादी, एकीकृत र जसपाले गठबन्धन छ । अनेरास्ववियुले निर्मल गजुरेलको सभापतिको उम्मेदवार बनाएको छ ।

गठबन्धनले अखिल क्रान्तिकारीका शशी यादवलाई सभापतिको उम्मेदवार बनाएको छ ।नर्सिङ क्याम्पस विराटनगरमा नेविसंघबाट सभापतिमा स्मारिका बराल र सचिवमा एलिसा राउत र अनेरास्ववियुबाट सभापतिमा  प्रशंसा पौडेल उम्मेदवार छन् ।

196
Shares
३० फाल्गुन २०७९, मंगलवार १७:२५