काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पार्टीको बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो।

पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

‘बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ। उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ।

चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

42
Shares
३० फाल्गुन २०७९, मंगलवार १४:३९