सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलगंवा नगरपालिका– ७ का घर भएका २८ वर्षीय रवीन्द्र महरा रहेका छन् ।

ध १ ख ६४७ नम्बरको बसले पैदलयात्री रवीन्द्रलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको छ । ठक्कर दिने बससहित चालकलाई ईलाका प्रहरी कार्यालय दुबहीले नियन्त्रणमा लिएको छ ।
2.75k
Shares
३० फाल्गुन २०७९, मंगलवार ११:५१