काठमाडाैँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ ।
अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले सोमबार उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ गराएका थिए ।