काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा युएईविरुद्ध नेपालले २ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाउन सफल भएको हो।

नेपालको मध्यक्रमले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल कमजोर अवस्थाबाट बलियो अवस्थामा पुग्न सफल भयो। तर अन्तिम केहि ओभरमा नेपाल लगातार विकेट गुमाउन पुग्दा थप उच्च योगफलमा पुग्ने मौका गुमाएको थियो।

टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २२ रन बनाउँदानै आफ्ना महत्वपूर्ण ३ विकेट गुमाएको थियो। तर कप्तान रोहित पौडेलको संयमित ७७ रनको इनिङ र मध्यक्रमले समालिएर दोहोरो स्कोरमा रन बनाएपनि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य बनाउन सफल भयो।

नेपालका लागि कप्तान पौडेलले भिम सार्कीसँग चौंथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। सार्की २९ रनमा आउट भएका थिए। त्यस्तै पौडेलले आरिफ शेख सँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे।

रोहित ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रनमा आउट भएका थिए। उनले करिअरको ८ औ अर्धशतक प्रहार गर्न सफल भए। उनी सर्वाधिक अर्धशतक प्रहार गर्ने नेपाली ब्याटर समेत बने।
259
Shares
२८ फाल्गुन २०७९, आईतवार १३:३८