महाधिवेशनबाट नगर कमिटिका अध्यक्ष निरंजन ढुङ्गाना भएका छन् । यस्तै उपाध्यक्षमा पप्पु अन्सारी, सचिव सागर लामा, सह–सचिव अमर हुसेन, सह–सचिव अविसेक केडिया, कोषध्यक्षमा प्रमिला राजवंशी भएका हुन् ।
महाधिवेशनबाट ३८ नगर कमिटि चयन गरेको महानगरका नवनियुक्त अध्यक्षले बताएका छन् । महाधिवेशनमा नेकपा एमाले पोलीट ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको प्रमुख अतिथ्य रहेको थियो ।राष्ट्रिय युवा संघ नेपाल विराटनगरमा नयाँ कार्यसमिति चयन
विराटनगर । राष्ट्रिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार विराटनगर पाञ्चाली स्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित ९ औं महाधिवेशनबाट नयाँ समिति चयन भएको हो ।