सबैभन्दा बढी विद्यार्थी मतदाता पोखराको पृथ्वी नारायण क्याम्पसमा छन् । यहाँ १० हजार ८ सय जनाले मतदान गर्न पाउँछन् । पिएनमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच मिलाप भएको छ ।
अध्यक्ष, कोषाध्यक्ष र ५ सदस्य अनेरास्ववियुले लिने र सचिव सहित ३ सदस्य अनेरास्ववियु क्रान्तिकारीले लिने सहमति अनुसार चुनावमा भाग लिने विद्यार्थी नेताहरूले बताएका छन् ।इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा विद्युतीय माध्यमबाट मतदान हुनेछ ।