काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने दिन आजलाई तोकेपछि उम्मेदवार टुंग्याउन बैठक बस्न लागिएको हो ।

सत्ता गठबन्धनबीच उपराष्ट्रपतिको पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लागेको छैन ।

उपराष्ट्रपतिको पदमा गठबन्धनबीच उम्मेदवार टुंगो नलाग्दै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई अघि सारेको छ ।

जसपाले गठबन्धनबीच यो विषय निर्णय भइसकेको भन्दै यादवलाई अघि सार्दा गठबन्धन दलकै जनमत पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबाटै ममता झालाई अघि सारेको छ ।
35
Shares
२७ फाल्गुन २०७९, शनिबार ०९:१७