बर्लिन । जर्मनीको उत्तरी सहर हृयामबर्गस्थित एउटा चर्चमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् ।

घटनास्थल राजधानी बर्लिनबाट करिब २९० किलोमिटरको दूरीमा पर्छ । प्रहरीले आक्रमणकारी पनि मारिएको विश्वास गरेको छ । मारिने ६ जनामा आक्रमणकारी पनि रहेको अथवा कुल सात जनाको मृत्यु भएको हो स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।

आक्रमणको उद्देश्यबारे कुनै विश्वस्त सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता होल्गर भेहरेनले घटनाक्रममा प्रहरीले आफ्नो हतियार प्रयोग गर्नु नपरेको प्रतिक्रिया दिएका छन् । स्थानीय समयअनुसार राति करिब ९ बजे उक्त घटना भएको हो ।

प्रहरी करिब सवा ९ बजे घटनास्थलमा पुगेको र प्रहरी पुग्दा उक्त चर्चको सबैभन्दा माथिल्लो तल्लामा एउटा गोली चलेको आवाज सुनिएको प्रवक्ताले जनाएका छन् । शंकास्पद कुनै आक्रमणकारी फरार रहेको संकेत भने फेला नपरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु