प्रतियोगितामा जगमाया मादेन द्वितीय र शम्भुजित देउजा तृतीय भए भने गोपाल फुयालले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मोहन राई लगायतले उनीहरुलाई पुरस्कृत गरे ।
‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहूँचको विस्तार’ नारासहित महिला दिवस मनाइएको छ । सोही शीर्षकमा कविता प्रतियोगिता पनि आयोजना गरिएको हो ।कविता प्रतियोगितामा १६ जनाले भाग लिएको प्रतियोगिताका संयोजक फूलमाया घिसिङले जानकारी दिइन् । महिला दिवसकै अवसर पारेर धनकुटा नगरपालिकाले प्रभातफेरी पनि आयोजना गरेको थियो ।