मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो ।
पुष्पलालचौकको खेल मैदानमा फाल्गुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगरका अध्यक्ष गोपाल झाले जानकारी दिए ।प्रतियोगिताको उद्धाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको छ । लेटाङ बहुमुखी क्याम्पसलाई १९-२५ र २२-२५ को सोझो सेटमा पराजित गर्दै इडनबर्ग सेमिफाइनमा प्रवेश गरेको छ ।
प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्ने आयोजकले बताएको छ ।