रुट परीक्षण गरिएको हो ।
कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको थियो । कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गरिएको महानगरका मेयर नागेश कोइरालाले बताएका छन् । नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गताले निशुल्क आवागमन गर्न पाउने नगर प्रमुख कोइरालाले बताएका छन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्युन भाडा शुल्क लिएर नगर बस सेवा दिने मेयर कोइरालाले जानकारी गराएका छन् ।
परीक्षणका क्रममा सवारी चाप, जनघनत्व तथा मोडहरुमा आइपर्ने समस्या लगायतका विषयमा समेत अध्ययन भएको हो ।महानगरले मिलन चोक, ढाट, इक्राही, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको कोइरालाले बताएका छन् । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको महानगर प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले बताएका छन् ।
। नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ । रुट परीक्षणमा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइराला, प्रशासन प्रमुख अर्जुन थपलिया, सरसफाई शाखा प्रमुख दाहाल , नगर प्रहरी प्रमुख राजन पौडेल, मेयरका सचिवालय सदस्य लगायत उपस्थित रहेका थिए ।