मुलुकको तेस्रो राष्ट्रपतिका लागि हुने निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने जनाइएको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्।निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।
संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन्। संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ।मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ। मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ। सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ।