१५ दिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका बुधबार मनाउन लागिएको हो ।
होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ ।होलीका लोकगीत, सङ्गीतले आज बिहानैदेखि जनकपुरधाम गुञ्जायमान भएको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने पारामा जिस्क्याउने प्रचलन छ ।
फागु पूर्णिकाको दिन आफ्नो कुल देवतालाई अबीर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुसीयाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एक अर्कालाई अँगालो मारी माया–प्रेम बाँड्ने चलन छ ।