झापा । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा अब हेमोडायलासिस सेवा शुरु हुने भएको छ।
रोटरी क्लब अफ बिर्तामोडको पहलमा खरिद गरिएको हेमो डायलासिस मेसिन सोमबार बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरेपछि बिर्तामोड नगर अस्पताललाई हेमोडायलासिस सेवा आरम्भ गर्ने बाटो खुलेको हो।
उक्त सेवा सञ्चालनका लागि प्राविधिकको व्यवस्था पनि बिर्तामोड नगरपालिकाले गरिसकेको छ। रोटरियनहरूको मानवीय सहयोगमा खरिद गरिएको ६ वटा हेमो डायलासिस मेसिन बिर्तामोड नगर अस्पतालले प्राप्त गरेको हो।