विराटनगर । तराईका जिल्लाहरुमा आज मंगलबार धूमधामका साथ होली पर्व मनाइँदै छ । मोरङ, सुनसरी, झापा, सिरहा, सप्तरी, बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाहीलगायत तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ ।

हिजो सोमबार काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा होली मनाइएको थियो ।

एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै, गाउँदै होली मनाउने गरिन्छ ।

यसैगरी आपसमा शुभकामना आदानप्रदान गर्दैै रमाइलो गर्ने चलन छ ।

होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
112
Shares
२३ फाल्गुन २०७९, मंगलवार ०७:०७