विराटनगर । काठमाडौं वर्ल्र्ड स्कुलले मोरङको विराटनगरमा शैक्षिक अन्तरक्रिया आयोजना गरिएको छ ।

स्कुलका चियरमेन इ. डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वर्ल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो ।

प्रिन्सिपल खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताए ।

अविभावकले आफ्ना छोराछोरीले सम्पूर्ण कुरा दिइरहेकोमा समय दिन नकिरहेको बताए । गुणस्तरीय शिक्षाका लागि समय महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै अभिभावकले छोराछोरीका लागि समयको व्यवस्थापना गर्न जरुरी रहेको बताए ।

शिक्षालाई उच्चस्तरीय बनाउनका लागि श्रोत साधनको आवश्उकता रहेको उल्लख गर्दै उनले शिक्षकलाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्न विज्ञताको आवश्यक्ता रहेको बताए ।

सहभागीले स्कुल जाँदा बोकाइने पुस्तकको भारीलाई कसरी मुक्त गराई विद्यार्थीलाई त्यसबाट हुने असरका बारेमा मुक्त गराउने कुराको जिज्ञासा राखेका थिए ।

स्कुलका चियरमेन इ. ड. ।झाले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको बताए । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको झाको भनाई छ ।

व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार झापाको बिर्तामोड तथा शनिबार सुनसरीको धरानमा एजुकेस्नल टुर गरिसकेको छ ।

स्कुलले देशभरका प्रमुख सहरहरुमा कार्यक्रमको आयोजना गरिने स्कुल प्रशासनले जनाएको छ । सिजि होल्डिङको सहकार्यमा आयोजित कार्यक्रमको सहजिकरण ड्रिम हाई नेपालले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु