विराटनगर। रोनक फेसन ऐजेन्सीद्वारा आयोजीत कार्यक्रम मिस्टर एण्ड मिस पूर्वाञचल समापन भएको छ । कार्यक्रमको पुरुष तर्फको विजयता रमन्नाथ गिरी त्यस्तै महिला तर्फको विजयता स्वस्थीका खरेल भएका छन् ।
विजयताले ३१ हजार नगद पुरस्कार, एक वर्ष क्लासीकटेकको निशुल्क इन्टरनेट सेवा, ए.बी ड्राइभिङ्ग स्कुलबाट निशुल्क ड्राइभिङ्ग तालिम लगायत गिफ्ट हयाम्पर्स प्राप्त गरेको आर.एफ.ए नेपालका संयोजक रौनक अग्रवालले जानकारी गराए ।
यस्तै पुरुष तर्फ फस्ट रनर अप शुशिल राण, र सेकेण्ड रनर अफ दिलिपराज राजवंशी भएका छन् । महिला तर्फबाट फस्ट रनर अप पूणिमा शेर्पा, र सेकेण्ड सुमिरन भएकिछन् ।
कार्यक्रमका मुख्य अतिथि प्रदेश एकका प्रदेशसभा सदस्य केदार कार्की रहेका थिए ।

(फोटो फिचर)

2.33k
Shares
२१ फाल्गुन २०७९, आईतवार १८:१६